ब्राजिलले जोगाउन सकेन विश्वकपको ४० वर्षे इतिहास

एजेन्सी । विश्वकपको दाबेदार मध्येको एक ब्राजिलले पनि स्विट्जरल्यान्डसँग बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । ब्राजिलले पहिलो हाफमा लिएको अग्रता खेलको अन्तिमसम्म जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । मार्सेलोको कप्तानीमा रहेको ब्राजिल विश्वकपको पहिलो खेलमा  पछिल्लो ४० वर्षमै जित निकाल्न असफल भएको हो ।

फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको हो । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै खेल बराबरीमा बनाए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । ब्राजिलियन स्टार नेयमारलाई स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए
। त्यसका वावजुद पनि नेयमारले केहि प्रयास गरे, तर सफल हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्