माकलबारीमा एक युवतीले आत्मदाह प्रयास, कीर्तिपुरको बर्न अस्पतालमा रिफर

काठमाडौंं, ५ साउन । आत्म हत्या र आत्मदाहको घटना दिनानुदिन बढ्दै गएको छ । यस्तै गोकर्णेश्वर नगरपालिका, ८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका(३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमान्ले फेला पारेका थिए ।

घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको एसपी भट्टराईले जानकारी दिए ।

गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ । उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिले समय आत्मदाहको घटना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्