बजेट कार्यान्वयनका लागि अर्थमन्त्री वाग्लेले थाले छलफल, प्रमुख मन्त्रालयका सचिव सहभागी
काठमाडौं, ४ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्।
अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बजेट कार्यान्वयनसँग सम्बन्धित बैठक सुरु भएको हो। बैठकमा बजेट कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्याय पनि सहभागी छन्।
त्यस्तै पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागिता रहेको छ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्राथमिकता प्राप्त कार्यक्रमलाई समयमै अघि बढाउने र मन्त्रालयगत समन्वय मजबुत बनाउने विषयमा छलफल भइरहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्