पेट्रोल र डिजेलको मूल्य साढे तीन महिनामा पहिलोपटक घट्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य साढे तीन महिनामा पहिलोपटक घटाएको छ । यसअघि पाँच पटक लगातार उकालो लागेको इन्धनको मूल्य साढे तीन महिनामा पहिलो पटक घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएकाले नेपालमा पनि यसको असर परेको हुनाले इन्धनको भाउ घटेको हो । पेट्रोलमा प्रति लिटर ३ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटेको हो । यो घटेको मूल्य अनुसार अव पेट्रोल प्रति लिटर ११० तथा डिजेल र मट्टितेललाई ९३ रुपैयाँ तिर्नुपर्नेछ । निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
नयाँ मूल्य पश्चात निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख हुने समेत निगमले जनाएको छ । तर निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्