सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, ५० लाख रुपैयाँसम्म कर्जा सुविधा

काठमाडौं, १ साउन । सिद्धार्थ बैंकले ग्राहकको तत्कालीन वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार ‘सिद्धार्थ गोल्ड लोन’ मार्फत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा सुविधा लिन सक्नेछन्। धितो राखिएको सुनको मूल्यांकनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ।

बैंकले यो कर्जा सुविधामार्फत ग्राहकले व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको जनाएको छ।

छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यसहित ल्याइएको यो सुविधा हाल काठमाडौंस्थित सिद्धार्थ बैंकको न्यूरोड गेट शाखाबाट उपलब्ध रहेको बैंकले जनाएको छ।

बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै थप प्रभावकारी वित्तीय सेवा विस्तार गर्ने उद्देश्यले नयाँ योजना सञ्चालनमा ल्याएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्