सेयर बजार सधैं बढ्नुपर्छ भन्ने सोच परिवर्तन आवश्यक : धितोपत्र बोर्ड अध्यक्ष भट्ट
काठमाडौं, ३१ असार । धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले नेपालका लगानीकर्तामा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मानसिकता विकास भएको भन्दै यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा अध्यक्ष भट्टले बजार बढ्दा अपेक्षा झन् बढ्ने तर घट्नासाथ असन्तुष्टि र विरोध देखिने प्रवृत्ति रहेको उल्लेख गरे।
‘बजार ५ हजार विन्दुसम्म पुगेर त्यसपछि केही घट्यो भने पनि घेराउ हुन्छ। बजार सधैं बढिरहनुपर्छ भन्ने प्रवृत्ति विकास भएको छ,’ उनले भने।
अध्यक्ष भट्टले बजार घटेकै कारण आफूले जीवनमै पहिलो पटक लगानीकर्ताबाट घेराउ र विरोधसमेत सामना गर्नुपरेको अनुभव सुनाए। उनका अनुसार बजार ३ हजार वा ५ हजार विन्दुसम्म पुगे पनि लगानीकर्ताको अपेक्षाको सीमा हुँदैन, तर बजारमा सामान्य गिरावट आउँदा पनि चिन्ता र असन्तुष्टि बढ्ने गरेको छ।
यसैबीच, उनले बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने ‘सर्ट सेलिङ’ (Short Selling) प्रणाली आगामी तीन महिनाभित्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्