एमालेका उपाध्यक्ष विष्णु पौडेललाई फेरी म्यादथप

काठमाढडौं, २९ असार । एमालेका उपाध्यक्ष विष्णु पौडेललाई फेरी म्यादथप भएको छ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो ।

उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान गरिरहेकोले थप अनुसन्धानका लाथि म्याद थप गरिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । त्यसयता उनलाई चार पटक विशेष अदालतबाट म्याद लिएर विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्