वर्षा र अविरल वर्षापछि ढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं, २९ असार । वर्षा र अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

सडक विभागको विवरणअनुसार २०८३ असोज २९ गते बिहान ६स्३० बजेसम्म देशका विभिन्न प्रदेशका राजमार्गहरू प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पनि सडक भासिएपछि अवरुद्ध भएको सडक भने खुलिसकेको भोटेकोशी गाउँपालिका(२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेश

भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्णरूपमा अवरुद्ध छ । तिल्केनी सिमलगोलाई सडकको जोगमाई र इलाम बेलासी सडक खण्डको पुवाखोला डाइभर्सनमा बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो ।

बागमती प्रदेश

बाढी र पहिरोका कारण बागमती प्रदेशका तीन प्रमुख सडक प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएका छन् । प्रहरीले सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको विवरण फेसबुकमार्फत् सार्वजनिक गरेको छ । तर स्थानीय जनप्रतिनिधिहरुले भने सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको जनाएका छन् ।

गण्डकी प्रदेश 

कास्कीको पोखरा–ताउतिङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश

रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडक खण्डमा यातायात अवरुद्ध भएको छ । पाल्पाको सिद्धार्थ राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

नेपाल प्रहरीले वर्षाको अवस्था र सडकको जोखिमलाई ध्यानमा राख्दै यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । साथै सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्