पहिरोमा फसेका चार जनाको ३९ घण्टापछि उद्दार

काठमाडौं । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि जीवितै उद्धार गरिएको छ । शुक्रबार राति पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि जीवितै उद्धार गरिएको हो ।

बेपत्ता भएका कालिकोटका कामदारहरू ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका १ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्धार गरिएको हो ।

बर्षाको कारण पहिरो नरोकिँदा उद्धारमा समस्या भएको थियो । सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाएका थिए । तर, फसेकालाई निकाल्न सकिएको थिएन तर आइतबार बिहान साढे ११ बजे उनीहरुको जीवितै उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्