एनएमबीको एफपिओमा भोलिदेखि संस्थागत लगानीकर्ताहरुले आवेदन दिन पाउने

काठमाडौं । एनएमबी बैंकले निष्कासन गरेको एफपिओ पहिलो चरणमा बिक्री नहुने भएपछि भोलिदेखि संस्थागत लगानीकर्ताले आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

बैंकले छिटोमा आजसम्म निष्कासन गर्ने भनेको भए पनि अझै दुर्इ अर्ब ८४ करोड रुपैयाँको आवेदन आवश्यक पर्छ।

पहिलो चरणमा बिक्री नभएमा दोस्रो चरणको लागि बिक्री खुला भएसँगै संस्थागत लगानीकर्ता म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनीले पनि आवेदन दिन पाउनेछन् ।

संस्थागत लगानीकर्ताको लागि बिक्री खुला भएसँगै बैंकको एफपिओ सजिलै बिक्री हुने जानकारी प्राप्त भएको छ । अधिकांश आवेदन न्यूनतम १० कित्ताकालागि आवेदन परेपछि ३४ हजार ३०० जनाले आवेदन दिएपनि पूरै बिक्री नभएको हो।

प्रतिक्रिया दिनुहोस्