राष्ट्रपति पौडेलले चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरे
काठमाडौं, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो।
प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३, सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।
यी चारवटै विधेयक बिहीबार नै राष्ट्रिय सभाबाट पारित भएका थिए ।













प्रतिक्रिया दिनुहोस्