विश्वकपमा आज तीन खेल, को संग को भिड्दै ?
मस्को । विश्वकप फुटबलको चौँथो दिन आव आइतबार ३ वटा खेलहरु हुँदैछन् । आज खेल्ने टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जुन टोली पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको छैन ।
ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै, पछिल्लो १२ वर्ष समूह चरणको खेलहरुमा ऊ अपराजित रहेको छ ।
ब्राजिलले पछिल्ला शुरुवाती १८ मध्ये १८ खेल जितेको छ । अन्तिम पटक सन् १९३४ मा ब्राजिल विश्वकपको पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।
नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले पछिल्ला २१ खेलमध्ये एकमा मात्र हारको सामना गरेको छ । भने उता, स्वीटजरल्याण्ड अहिलेसम्म सन् २००६ को समूह चरणमा मात्र शीर्ष स्थानमा रहन सफल भएको छ । विश्वकपमा स्वीटजरल्याण्डको यो ११ औँ उपस्थिति हो ।
कोस्टारिकाको भने यो पाँचौ पटक विश्वकप हो । योकोस्टारिका सन् १९९० र २०१४ मा नकआउट चरणसम्म पुग्न सफल भएको थियो । सन् २००६ मा कोस्टारिका जर्मनीसँग ४–२ गोलअन्तरले पराजित भएको थियो ।
यता, जर्मनी र मेक्सिको विश्वकपमा चौथो पटक आमने सामने हुँदैछन् । तर, पछिल्लो तीन भिडन्तमा जर्मनी अपराजित रहेको छ ।
जर्मनीले पछिल्ला ७ विश्वकपमा आफ्नो शुरुवाती खेल जितेको छ । यता, मेक्सिको पनि पछिल्लो पाँच विश्वकपमा आफ्नो शुरुवाती खेलमा अपराजित रहेको छ ।
विश्वकप फुटबलको आजको तालिका यस्तो छः
१. कोस्टारिकबिरुद्ध सर्बिया (समूह ई) – समारा एरिना – साँझ ५ः४५ बजे ।
२. जर्मनीबिरुद्ध मेक्सिको (समूह एफ) – लुझनिकी स्टेडियम – राती ८ः४५ बजे
३. ब्राजिलबिरुद्ध स्वीटजरल्याण्ड (समूह ई) – रोस्तोव एरिना – राती ११ः४५ बजे
प्रतिक्रिया दिनुहोस्