रौतहटको नहरमा महिलाको शव फेला, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं। , २५ असार । रौतहटको राजपुर नगरपालिकास्थित एक नहरमा महिलाको शव फेला परेको छ।

राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतक परोहा नगरपालिका–५ की २४ वर्षीया मुस्कान खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

स्थानीय बासिन्दाले बिहीबार बिहान नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्