गरिमा विकास बैंकले प्रस्ताव गर्यो १५ प्रतिशत बोनस

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीतर्कालाई वितरण गरिनेछ ।

बैंकको हाल चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैंया छ । बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ५३ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्