संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौ, २३ असार । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।

प्रतिनिधि सभाबाट पारित भएर सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ मंगलबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको हो।

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकले उक्त विधेयक बहुमतले स्वीकृत गरेको हो।

यसअघि प्रतिनिधि सभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रिय सभाबाट समेत स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि सभामा प्रस्तुत गरेका छन्।

संघीय संसद्बाट बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका लागि विनियोजित कार्यक्रम तथा बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्