ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्य समायोजन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको कम्पनीको १० प्रतिशत बोनस सेयरपछि सेयरमूल्य विहीबार समायोजन भएको छ । ।

नेपाल स्टक एक्सचेञ्जले १० प्रतिशत बोनसलाई समायोजन गरि सेयरमूल्य २४२ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार सेयर विहीबार २४२ रुपैयाँमा कारोबार खुल्नेछ ।

कम्पनीले असोज ६ गते वार्षिक साधारण सभा गर्न विहीबार सेयरधनी किताब बन्द गरेको छ । यसअनुसार बुधबारसम्म कम्पनीको सेयर खरिद गरेका वा यसअघि सेयरधनी कायम रहेका लगानीकर्ताले १० प्रतिशत बोनस पाउनेछन ।

साधारण सभामा ङादीले बोनस सेयरपछि कायम हुने पुँजीबाट ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।
४८ करोड ६८ लाख रुपैयाँ सेयर पूँजी रहेको ङादीले गत आवमा पाँच करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्