इंग्ल्यान्डले सह-आयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाए

काठमाडौंं, २२ असार । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सह-आयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।

मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा भइरहेको खेलमा पहिलो हाफमै तीन गोल हुँदा इंग्ल्यान्डले अग्रता लिएको हो ।

इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेट अन्तरमा दुई गोल गर्दै २(० को अग्रता दिलाएका थिए । त्यसपछि मेक्सिकोका जुलियन क्विनोनेसले गोल फर्काएका हुन् ।

बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै बेलिङहमले कप्तान ह्यारी केनको असिस्टमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

मेक्सिको विरुद्ध दुई गोल गरेपछि बेलिङहमको गोल संख्या ४ पुगेको छ । बेलिङहमले समूह चरणका क्रोएसिया र पानामा विरुद्ध एक(एक गोल गरेका थिए ।

दुई गोलले पछि मेक्सिकोले पनि तत्कालै गोल फर्कायो । मेक्सिकोका जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । जारी विश्वकपमा क्विनोसको पनि यो चौथो गोल हो । उनले यसअघि समूह चरणमा दक्षिण अफ्रिका र चेक रपब्लिकबीच एक(एक गोल गरेका थिए भने राउण्ड अफ ३२ को खेलमा इक्वेडर विरुद्ध एक गोल गरेका थिए ।

 

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको थियो । खेद निकै रोचक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्