५ नम्बर प्रदेशको बजेटमा : पूँजीगत खर्च ५९.२० प्रतिशत
बुटवल । प्रदेश नम्वर ५ सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको छ ।
शुक्रवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् । बजेटमध्ये चालू खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख रूपैयाँ र पूँजीगततर्फ १६ अर्ब ६२ करोड ६३ लाख रूपैयाँ रहेको छ । चालूतर्फ ४०.८० प्रतिशत र पूँजीगततर्फ ५९.२० प्रतिशत रहेको छ ।
विनियोजित रकममध्ये संघीय सरकारबाट सःर्शत अनुदान १ अर्ब ६७ करोड ३ लाख रूपैयाँ रहेको छ । संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख रूपैयाँ रहेको छ । राजश्व बाँडफाँड ८ अर्ब ५५ करोड ३ लाख रूपैयाँ रहेको छ । प्रदेशको सःर्शत अनुदान ९ अर्ब ६७ करोड ३ लाख रुपैयाँ रहेको छ ।
प्रदेशको आन्तरिक राजश्व २ अर्ब ४० करोड रहेको छ । आर्थिक वर्ष २०७४र०७५ को विनियोजन बजेटबाट बचत हुने अनुमानित रकम ६० करोड रूपैयाँ रहेको मुख्यमन्त्री पोखरेलले प्रस्तुत गरेका छन् । संघीय (केन्द्र) सरकारको बजेटमा पूँजीगतभन्दा चालू खर्च बढी हुने भएपनि प्रदेशको बजेटमा चालू खर्च कम र पूँजीगत (विकास) बजेट बढी आएको छ ।
केन्द्रको अधिकांश बजेट तलबभत्ता खुवाउन चालू खर्चमा जाने गरेको थियो । तर, प्रदेश सरकार अन्तर्गत कर्मचारी कम भएकाले चालू खर्च थोरै देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्