कर्णाली प्रदेशमा २८ अर्ब २८ करोडको बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
शुक्रबारको कर्णाली प्रदेशको प्रदेश सभामा अर्थमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको नीति तथा कार्यक्रमका लागि यो रकम विनियोजन गरेका हुन् ।

  • बजेट : २८ अर्ब २८ करोड २८ लाख २८ हजार
  • चालु खर्च : ६ अर्ब ६३ करोड
  • पुँजीगत खर्च : २१ अर्ब २४ करोड
  • वित्तीय व्यवस्थापन : ४० करोड

स्रोत व्यवस्थापन

  • आन्तरिक राजश्‍व : ५० करोड
  • संघीय सरकारबाट प्राप्त सशर्त अनुदान : एक अर्ब ६७ करोड ३ लाख
  • चालु आर्थिक वर्षबाट बचत : ५० करोड
  • संघीय सरकारबाट राजश्व बाडफाँटबाट आउने : पाँच अर्ब ५१ करोड
  • वित्तीय समानीकरण अनुदान : ९ अर्ब १३ करोड
  • सशर्त अनुदान : ६ अर्ब ४३ करोड ४१ लाख समपूरक
  • र विशेष अनुदान : पाँच अर्ब आन्तरिक ऋण : एक अर्ब

 

 

प्रतिक्रिया दिनुहोस्