नग्न तस्वीर–भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेलिङ, एक युवक पक्राउ
काठमाडौं, १८ असार । सम्बन्धमा रहँदा खिचिएका नग्न तस्वीर तथा भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद रहेका छन्।
उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। सम्बन्ध विच्छेद भएपछि पीडित महिलालाई धम्की दिँदै तस्वीर तथा भिडियो सार्वजनिक गर्ने चेतावनीसहित उनले ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार पक्राउ परेका निसादविरुद्ध साइबर कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।







प्रतिक्रिया दिनुहोस्