नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।
काठमाडौं, १८ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ८० रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







प्रतिक्रिया दिनुहोस्