बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं, १८ असार । सरकारले चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका डा. सिंह स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्णयअनुसार अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन्। डा. सिंहले मन्त्रालयबाट आफू नियुक्त भएको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।

अस्पतालको अध्यक्ष पदका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि आठ जनाले आवेदन दिएका थिए।

उनीहरूबाट छनोट प्रक्रियापछि डा. सिंहलाई अस्पतालको अध्यक्ष नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्