बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं, १८ असा।र। जारी फिफा विश्वकपमा अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३(२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको हो ।

बेल्जियमले विश्वकप इतिहासकै ठूलो पुनरागमन जित मध्ये एक हात पारेको हो । यस्तै कप्तान युरी थिलेमन्सले १२५औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो ।

८५ मिनेटसम्म २-० को अग्रतासहित जितनजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो ।

निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो । तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २(२ को बराबरीमा पुर्‍याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुने संकेत थिएन र खेल पेनाल्टीसुटबउटतर्फ धकेलिरहेको थियो । तर अतिरिक्त समयमको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो ।

सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो । जसमा कप्लेतान थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३–२ नाटकिय जित दिलाए ।

त्यसअघि खेलको २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई २(० को अग्रता दिलाएका थिए ।

तर निर्धारित समयको अन्तिम ५ मिनेटसम्हालिन नसक्दा सेनेगलले अन्तिम १६ मा पुग्ने सुनौलो अवसर गुमायो ।

खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ३ मिनेटपछि युरी टिलेमान्सले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पाएपछि थिलेमन्सले गोल गर्दै जित दिलाए ।

यस विश्वकपमा १० अफ्रिकी राष्ट्र सहभागि भएकोमा ९ टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर नकआउट चरणमा भने मोरक्कोलाई छाडेर अहिलेसम्म खेलेका अफ्रिकन टिम पराजित हुँदै आएको छ । यसअघि नै दक्षिण अफ्रिका, आइभरी कोस्ट र डिआर कंगो राउण्ड अफ ३२ मा पराजित हुँदै बाहिरिसकेका छन् ।

अब केप भर्डे, इजिप्ट, घाना र अल्जेरियाले राउण्ड अफ ३२ मा खेल्न बाँकी छ । मोरक्कोले भने नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्