नेपालमा चर्चित बनेको जिडब्ल्युएम ओरा ५ ले जित्यो ‘डिजाइन अफ द इयर’ अवार्ड
काठमाडौं, १७ असार । नेपालमा सार्वजनिक भएको एक सातामै जिडब्ल्युएमको नयाँ विद्युतीय एसयुभी ओरा ५ ले अटोमोबाइल बजारमा उल्लेखनीय चर्चा बटुल्दै अन्तर्राष्ट्रियस्तरमा पनि महत्वपूर्ण सफलता हासिल गरेको छ।
जिडब्ल्युएमको पूर्ण विद्युतीय मोडेल ओरा ५ ले २०२५ को लन्डन डिजाइन अवार्ड्स अन्तर्गत प्रोडक्ट डिजाइन– अटोमोबाइल्स/भेहिकल्स विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको हो। यस उपलब्धिले ओरा ५ को विश्वस्तरीय डिजाइन क्षमता पुनः प्रमाणित गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट मोबिलिटीप्रतिको जिडब्ल्युएमको दृष्टिकोणलाई समेत अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
‘प्राकृतिक सौन्दर्य’ अवधारणामा आधारित ओरा ५ लाई ‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने डिजाइन सोचका साथ विकास गरिएको कम्पनीले जनाएको छ। यसमा जैविक प्रेरणाबाट बनेको बाह्य संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्ती रहेका छन्।
ओरा ५ मा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, उच्च मजबुत स्टिल संरचना, ७ एयरब्याग तथा एएनक्याप र युरो एनक्यापमा पाँच–तारे सुरक्षा मूल्यांकन प्राप्त प्रणाली समावेश गरिएको छ।
त्यस्तै, यो एसयुभीले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा २० भन्दा बढी एडास (उन्नत चालक सहायता प्रणाली) सुविधा प्रदान गर्ने बताइएको छ। यसमा ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियर समेत समावेश छन्।
नेपालमा ओरा ५ को प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
नेपालमा छोटो समयमै ओरा ५ ले डिजाइन, प्रविधि, सुरक्षा र विशेषताका कारण अटोमोबाइल बजार तथा सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ। ग्राहक तथा उद्योग क्षेत्रका व्यक्तिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यसलाई नेपाली ईभी बजारको चर्चित मोडेलका रूपमा स्थापित गरिरहेको बताइएको छ।
नेपालका लागि जिडब्ल्युएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले निकट भविष्यमा हाभल जोलियन म्याक्स ईभी र हाभल एच७ समेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
जिडब्ल्युएमले विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको तथा १७० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको उल्लेख गर्दै नेपालमा पनि नवीन प्रविधि र उच्च सुरक्षा मापदण्डसहितका सवारीमार्फत बजार विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्