बजेटपछि लिपमोटरका बी१० र सी१० को माग बढ्यो, बुकिङ र डेलिभरीमा वृद्धि

काठमाडौं, १४ असार । हालै सार्वजनिक भएको बजेटपछि सांग्रिला मोटर्सद्वारा नेपालमा आधिकारिक रूपमा वितरित लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभी बी१० र सी१० को बुकिङ तथा डेलिभरीमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बढ्दो मागका कारण नयाँ अर्डर र सवारी हस्तान्तरणको गति पनि तीव्र बनेको छ। यसले नेपाली बजारमा सुरक्षा, रेन्ज र मूल्यको सन्तुलित संयोजन भएका इलेक्ट्रिक सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको संकेत गरेको कम्पनीको दाबी छ।

लिपमोटरको बी१० को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ, जुन यसअघिको ६० लाख रुपैयाँभन्दा ५ लाख रुपैयाँ कम हो। कम्पनीका अनुसार सी१० ले प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ भने बी१० प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार बी१० र सी१० दुवैले युरो एनक्यापको ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेका छन्। बी१० मा ६०० किलोमिटर (सीएलटीसी) रेन्ज, स्पेयर टायर तथा अन्य आधुनिक फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।

लिपमोटरप्रति बढ्दो ग्राहक रुचिले निकट भविष्यमा नेपाली बजारमा ल्याउने तयारी गरिएको नयाँ मोडल ‘बी०३’ का लागि पनि सकारात्मक संकेत दिएको कम्पनीको विश्वास छ।

विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिसको साझेदारीमा रहेको लिपमोटरले नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै भरपर्दो इलेक्ट्रिक सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्