सुरुवाती खेलमा रसियाको शानदार जित

साकाठमाडौं । विश्वकप २०१८ को आयोजक राष्ट्र रसियाको मस्को स्थित लुजनिकी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियालले साउदी अरेबियालाई शानदारकोसाथ जितको सुरुवाती गरेको छ । रसियालले घरेलु मैदानको फाइदा उठाउँदै साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराउँदै सन् २०१८ को पहिलोे विजयीको खाता खोलेको छ ।
नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १र१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २-० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

रसिया टिमको अगाडि साउदी अरेबिया निरिह जस्तै बन्यो । साउदी अरबको यो कमजोर पदर्शन रह्यो, भने आयोजक राष्ट्रलाई सानदार जीत पदर्शन गर्याे ।

आजको पहिलो खेल नेपाली समयनुसार ५ः४५ बजे बेलुका इजिप्ट विरुद्ध उरुग्वे, छ भने दोस्रो खेल ८ः४५ बजे मोरक्को विरुद्ध इरान र तेस्रो खेल ११ः४५ बजे पोर्चुगल विरुद्ध स्पेन खेल हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्