मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ रमेश रुछेन राईलाई प्रदान
काठमाडौं, १४ असार । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिने मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ यस वर्ष लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ।
मदन भण्डारी फाउन्डेसनले राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दुल’ लाई छनौट गर्दै उक्त पुरस्कार प्रदान गरेको हो। पुरस्कार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रदान गरिन्।
पुरस्कारको राशि रु. २ लाखसहित सम्मानपत्र रहेको छ। इलामको सूर्योदय नगरपालिका–११, केराबारी स्थायी घर भएका राईले राजनीति, विकास तथा समसामयिक विषयमा निरन्तर लेखन गर्दै आएका छन्।
राईले आफ्नो कृति ‘श्वेतशार्दुल’ तयार पार्न करिब १० वर्ष समय लागेको बताउँदै यस पुस्तकमार्फत मदन भण्डारीको विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा आम पाठकसम्म पुर्याउने प्रयास गरिएको उल्लेख गरे।







प्रतिक्रिया दिनुहोस्