नाडेप लघुवित्तको आइपिओ असार १० गतेदेखि खुल्ने, न्युनतम कति कित्ता आवेदन गर्न पाइने ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर असार १० गतेदेखि जारी गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल आइपिओ मध्ये २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई २४ हजार कित्ता शेयर सुरक्षित गरेको छ । र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणको निस्कासन गर्ने भएको छ ।
कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यलय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्