कर्णाली प्रदेश विनियोजन विधेयक मन्त्रीपरिषदबाट पारित
कर्णाली प्रदेश सरकारको विहिवार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णयहरु गर्दै सकिएको छ । विहिवार बसेको बैठकले कर्णाली प्रदेश विनियोजन विधेयक २०७५, कर्णाली प्रदेश आर्थिक विधेयक २०७५ र कर्णाली प्रदेश ऋण उठाउने सम्वन्धि विधेयक २०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि विहिवार बसेको मन्त्रीपरिषद बैठकले गरेको छ ।
यस्तै बैठकले कर्णाली प्रदेश वातावरण संरक्षण सम्वन्धी विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न उद्योग, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ । कर्णाली प्रदेश प्रहरी सम्वन्धि विधेयक २०७५को मस्यौदा तर्जूमाका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका केन्द्र परिवर्तन गरि लुहादह कायम गर्नेवारे आएको प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने निर्णय पनि विहिवार बसेको मन्त्रीपरिषद् बैठकले गरेको छ ।















प्रतिक्रिया दिनुहोस्