माछापुच्छ्रे बैंकको थप ४ शाखा कार्यालयबाट सेवा सुरुवात

 काठमाडौं । मिति २०७५ जेष्ठ १ र ६ गते १३ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ४ शाखा कार्यालयको सुरुवात गरेको छ ।

बैंकले बिहिबार सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र धनुुषाको नगराइन नगरपालिकामा शाखाको स्थापना गरेको हो ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म रु. ६८ अर्ब निक्षेप परिचालन गरी रु. ६२ अर्ब कर्जा प्रवाह गरेको छ, भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ८१ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०४ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सेवाबाट सुबिधा प्रदान गरीरहेको छ । साथै, बैकको देश भर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्