एमएडब्लु वृद्धिले बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्यायो

काठमाडौं, १० असार । नेपालमा द्रुत रूपमा लोकप्रिय बन्दै गएका इभी ब्रान्डहरू Deepal, Nammi र Seres का आधिकारिक आयातकर्ता MAW Vriddhi ले ललितपुरको बालकुमारी मा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ।

नयाँ वर्कसपको उद्घाटन शान्ति देवी अग्रवाल, विष्णु कुमार अग्रवाल, हे जिसिन, लि सिनचुंग तथा विवेक सिकारिया ले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीका अनुसार नयाँ इभी वर्कसप केवल सर्भिस सेन्टर नभई ग्राहकप्रतिको प्रतिबद्धता, विश्वास र उत्कृष्ट सेवाको प्रतिविम्ब हो। वर्कसपमार्फत दिपल, नामी र सेरेसका ग्राहकले विश्वस्तरीय बिक्रीपछिको सेवा प्राप्त गर्नेछन्।

दैनिक ३६ भन्दा बढी इभी सर्भिसिङ क्षमता

नयाँ वर्कसपमा ९ वटा समर्पित सर्भिस बे (Dedicated Service Bay) स्थापना गरिएको छ। यहाँ २४ जना प्रमाणित इभी प्राविधिक (Certified EV Technicians) ले दैनिक ३६ भन्दा बढी विद्युतीय सवारी साधनको सर्भिसिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

वर्कसपमा अत्याधुनिक इभी ब्याट्री डायग्नोस्टिक प्रणाली पनि जडान गरिएको छ, जसले सवारी साधनको ब्याट्री परीक्षण तथा समस्या पहिचानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

ग्राहक सुविधामा विशेष ध्यान

करिब १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा स्पेयर पार्ट्स भण्डारण सुविधा, प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम कक्ष तथा ग्राहक प्रतिक्षालयको व्यवस्था गरिएको छ।

कम्पनीले यसलाई ‘प्रिमियम ओनरसिप एक्सपिरियन्स’ प्रदान गर्ने लक्ष्यअनुरूप निर्माण गरिएको जनाएको छ।

२४ घण्टा ब्रेकडाउन सहायता सेवा

सर्भिस सेन्टरमार्फत काठमाडौं उपत्यकाभित्र पिकअप एन्ड ड्रप अफ सेवा, फास्ट ट्र्याक सर्भिस, २४सै घण्टा ब्रेकडाउन सहायता तथा समर्पित सर्भिस हटलाइन सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नयाँ वर्कसप सञ्चालनसँगै नेपालमा इभी प्रयोगकर्तालाई अझ सहज, छिटो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्