राष्ट्रिय वाणिज्य बैंकमा सुन धितो राखेकाहरूको प्रदर्शन, आफ्नै सुन फिर्ता माग

काठमााडौं, ८ असार । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएका सेवाग्राहीहरूले आफ्नै सुन फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सोमबार सिंहदरबारस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर विरोध जनाएका हुन्।

उनीहरूका अनुसार जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते बानेश्वर शाखाबाट करिब १८ केजी सुन चोरी भएको थियो। त्यसपछि बैंकले सुन फिर्ता दिनुको सट्टा सेवा शुल्क कटाएर रकम मात्र लिन भनेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

पीडितहरूले आफ्नो धितो राखिएको सुन नै फिर्ता हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।

राष्ट्रिय वाणिज्य बैंक का अनुसार १५ जनाभन्दा बढी पीडितहरूले केन्द्रीय कार्यालयमा पुगेर धर्ना तथा नाराबाजी गरेका छन्।

प्रहरीका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेको छ भने घटनाबारे थप छलफल र समाधानका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्