प्रधानमन्त्री बालेन्द्र शाह सौराहा भ्रमणमा, हात्ती प्रजनन केन्द्र अवलोकन

काठमााडौं, ८ असार ।  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार पर्यटकीय नगरी सौराहा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्।

सौराहा मा रहँदा प्रधानमन्त्री शाहले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे जानकारी लिएका बताइएको छ।

परिवारसहितको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सौराहाको प्राकृतिक सौन्दर्य र वन्यजन्तुप्रति विशेष चासो देखाएको स्थानीय स्रोतले जनाएको छ। उनले “यहाँको प्रकृति निकै सुन्दर र संरक्षण योग्य रहेछ” भन्दै अवलोकनका क्रममा प्रतिक्रिया दिएको बताइन्छ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार उनले सौराहाको पर्यटकीय सम्भावना र संरक्षण–आधारित विकासबारे पनि चासो व्यक्त गरेका थिए। भ्रमणले सौराहामा पर्यटक गतिविधि र चहलपहल बढेको व्यवसायीहरूको भनाइ छ।

प्रधानमन्त्री शाह कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसेका छन्। उनको यो चितवन भ्रमणलाई राजनीतिकभन्दा बढी पारिवारिक तथा पर्यटकीय रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्