काठमाडौँ उपत्यकामा २४ घण्टामै २,०७६ सवारी चालक कारबाहीमा
काठमााडौं, ८ असार । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार ७६ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।
कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९३ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जनामाथि कारबाही गरिएको छ।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना, एकतर्फी सडक उल्लंघन गर्ने ८८ जना तथा अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १ हजार १८६ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियमको पालना गर्न तथा सुरक्षित र व्यवस्थित यातायात व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्