कार्यवाहक मेयर डंगोल इजरायल प्रस्थान, अन्तर्राष्ट्रिय नगर सम्मेलनमा सहभागिता जनाउने

काठमााडौं, ७ असार । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल अन्तर्राष्ट्रिय नगर सम्मेलनमा सहभागी हुन इजरायल पुगेकी छन्।

तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विभिन्न देशका नगर तथा स्थानीय तहका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा स्थानीय शासन, शहरी विकास, सेवा प्रवाह र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

डंगोलसँगै काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर र कर्मचारी प्रेम थापा पनि इजरायल गएका छन्।

महानगरका प्रतिनिधिमण्डलले सम्मेलनका क्रममा विभिन्न देशका स्थानीय सरकारका प्रतिनिधिसँग अनुभव आदानप्रदान गर्नुका साथै शहरी व्यवस्थापन र स्थानीय विकासका सफल अभ्यासबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्