बाजुरामा बस दुर्घटना, २४ जना घाइते

काठमााडौं, ७ असार । बाजुरामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

जिल्लाको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनामा बसमा सवार २४ जना घाइते भएका छन्। घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसमा चालकसहित ३५ जना सवार थिए। प्रारम्भिक अनुसन्धानबाट बसको ब्रेक फेल भएपछि दुर्घटना भएको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्