प्रतिनिधिसभा वैठकमा विधेयकमाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ ।
विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदहरुले आफ्नो धारणा राख्दै छन् ।

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि र उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने उच्च सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा व्यक्त गरेका छन् ।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाहीको माग गरे ।
त्यस्तै अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिएन् । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राखे ।
सबैले समसामयिक विषय र समस्याहरुको सरकारको ध्यानाकर्षण गरे । विधेयकमाथिको छलफल आज पनि जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्