रास्वपाको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने

काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ ।

भरतपुरमा रहेको सिएमटी रिर्सोटमा बस्ने बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि असार सात देखि ९ गतेसम्म चल्दै छ ।

प्रतिक्रिया दिनुहोस्