गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

काठमाडौं, असार ५ — गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ अन्तर्गत विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ।

कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ को १८औँ संस्करणमा उक्त सम्मान प्रदान गरिएको हो। बिहीबार आयोजित कार्यक्रममा विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समिति का सभापति हरी ढकाल ले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी लाई अवार्ड हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अवार्ड प्राप्तिपछि बैंकले आफ्ना ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय तथा विश्वसनीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

आइएसओ ९००१ः२०१५ तथा आइएसओ २७००१ः२०२२ मान्यता प्राप्त गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्