अर्थमन्त्री वाग्लेको स्पष्टिकरण: ‘ऋण लिनु बाध्यता हो, तर उत्पादनशील क्षेत्रमा लगानी आवश्यक’
काठमाडौं, असार ५ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्।
प्रतिनिधि सभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ऋणलाई नकारात्मक रूपमा मात्र नहेर्नुपर्ने धारणा राखे।
उनका अनुसार, ऋण लिनु आफैंमा समस्या होइन, तर त्यसको उपयोग महत्त्वपूर्ण हुन्छ। “ऋण लिँदैमा जहाज डुब्ने वा आकाश खस्ने होइन,” उनले भने।
वाग्लेले सरकारले लिएको ऋण मुख्यतः सडक पूर्वाधार, प्रसारण लाइन लगायत उत्पादनशील क्षेत्रमा प्रयोग भइरहेको उल्लेख गर्दै यस्ता लगानीले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्ने दाबी गरे।
उनले ऋणलाई “आफैं तिर्दै जाने लगानी” को रूपमा व्याख्या गर्दै उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।
साथै, भ्रष्टाचार नियन्त्रण गरेर राजस्व संकलन सुधार गर्न सकिएमा लक्ष्यअनुसार आर्थिक नतिजा प्राप्त गर्न सकिने उनको भनाइ थियो।









प्रतिक्रिया दिनुहोस्