युथ थिङ्ग क्रेजीमा तयारी गरेका सत प्रतिशतले सफलता प्राप्त गरेका छन्: रोहन रौनियार, फाउण्डर प्रबन्ध निर्देशक
काठमाडौं, ५ असार । युथ थिङ्ग क्रेजी प्लेटफामले विद्यार्थीलाई तयारी कक्षा प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन गर्दै आएको छ । यो प्लेटफाममा फरक ढङ्गले पढाएकाले अधिकांश विद्यार्थी यसतर्फ आकर्षित भएका छन् ।
समयसापेक्ष प्रविधिमैत्री ज्ञान, सिपलाई फरक ढंगले पढाउँदा विद्यार्थीको स्मरणमा विषयवस्तु रहने तथा चाँडो मस्तिष्कमा बस्ने हुँदा उनीहरु परीक्षामा अब्बल हुने जनाइएको छ । व्यवहारिक रुपमा पनि ती विद्यार्थीले आफ्ना क्षमता प्रदर्शन गर्न सक्ने छन् । अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सो प्लेटफार्म मार्फत यो सेवा दिईरहेका छौं ।
यो प्लेटफाममा फिजिकल र भर्चुअल दुबै माध्यमबाट विद्यार्थीलाई पढाइन्छ । युथ थिङ्ग क्रेजी यति ठूलो हुन्छ र विद्यार्थी आकषिर्त हुन्छन भन्ने थाहा थिएन । तर हामीले कडा मिहेनत गर्दै गयौं र आज सबैको विश्वास जित्न सकेकाछौं । सबैको आकर्षणको केन्द्र बनेको छ । अथाह विद्यार्थी जोडिएका छन् । युथ क्रेजी कन्सल्टेन्सीले बढ्दो विद्यार्थीको चापलाई दृष्टिगत गर्दै कक्षा सञ्चालन गरेका छौं । म आफूले पढ्दा यति सहज रुपमा कक्षा पाउन कठिन थियो ।
१२ कक्षाको परीक्षा दिएर बसेका तथा उर्तीर्ण भई स्नातक तहमा ईन्जिनियरिङ तथा मेडिकल विषयमा प्रवेश परीक्षा दिनका लागि यो उपयुक्त प्लेटफामका रुपमा विकास हुँदै गएको छ । विश्व परिवेशमा डिजिटल शिक्षा व्यापक फैलिएको अहिलेको अवस्थामा यस सम्बन्धी ज्ञान प्रदान गरिने भएकाले प्लेटफाम प्रभावकारी बन्दै गएको हो ।
इन्जिीनियरिङ तथा मेडिकल शिक्षामा सरकारी तहबाट प्रदान गरिने सिट सङ्ख्या कमी रहेकाले प्रवेश परीक्षादेखि नै अत्याधिक प्रतिस्पर्धा हुने गर्दछ । तयारी कक्षा थोरै पैसामा सम्पन्न गर्न स्टार्ट भएको यो प्लेटफाम जुन चाहि मेरो कन्सेप्ट थियो । मैले भविष्य हेरेर नै यो सोच लिएको थिएँ । आजको दिनसम्म धेरै अभिभावक÷विद्यार्थीले ट्रस्ट गरेको पाएका छांै । अहिलेसम्म हजारौ विद्यार्थीले विभिन्न पाठ्यक्रममा अध्ययन गरी लाभान्वित भएका छन् ।
विगत केहि महिनादेखि लागतार दैनिक करिब १८ घण्टासम्म क्लास लिएका थियौँ । मलाई लाग्छ यो कुरा तपाइहरुले पनि बुज्नु भएको होला । हामी युट्युबको माध्यमबाट पनि पढाइरहेका छौं । १८ घण्टा १ जन शिक्षकले निरन्तर पढाउनु भनेको सानो कुरा होइन । यो विद्यार्थीले मात्र बुझ्न सक्छन् । करिब १८ घण्टा विद्यार्थीले नि पढ्न सकिरहेका हुँदैनन् । हाम्रो एउटै अवधारणा हो, जे पढाउँछौं अलिक क्रेजीमा पढाउने । कुनै पनि शिक्षकलाइए म हेर्छु आफूलाई पनि हेर्छु । अल्छि गर्ने कक्षा कोठामा यतिकै चिया पिएर गफ गर्ने, बोलिराख्ने हुँदैन । फुर्तिका साथ जोसिलो तरिकाले विद्यार्थीलाई आकर्षित गरि पढाएका छौं । त्यसरी नपढाए विद्यार्थी अल्छि हुन्छ । पढाईप्रति चासो नै राख्दैन । त्यसलाई विशेष ध्यान दिएर पढाउँछौं । त्यसलै आज यो संस्थाप्रति विद्यार्थी र अभिभावक आकर्षित भएका छन् । विद्यार्थीले पनि कुनै पनि प्रवेश परिक्षामा सतप्रतिशत सफलता प्राप्त गरेका छन् ।
क्रेजी स्टाइलमा पढ्न रुचाउने विद्यार्थी जति छन् त्यस्तै शिक्षक पनि क्रेजी भएर पढाउन मन पराउँछन् । म दैनिक अहिले चार घण्टा मात्रै सुतेको छु , अहिले पनि मेरो आँखामा निन्द्रा देखिएको होला । अहिले क्लास छ, बिहानदेखि ३,४ ओटा क्लास भंैसकेको छ र अहिले पनि क्लास मै बसिरहेको छु ।
नेपालमा डिजिटल शिक्षाको भबिष्य:
आज भोलिको मार्केटिङ नै डिजिटल छ, म भन्न चाहन्छु कि डिजिटल नभै अबका पुस्ता चाँहि टिकदैंनन् । डिजिटल भनेको एकदमै शक्तिशाली भैसकेको छ । तपाईंको बच्चाहरुका लागि पनि समाजमा प्रतिस्पर्धा गर्न डिजिटल शिक्षा अनिवार्य बनेको छ । पढ्ने खालको बच्चा छ, भने भर्चुल कक्षा पनि उपयुक्त हुन्छ । त्यसैले समयको बचत गर्छ । शुल्क पनि कम लाग्छ । जहाँबाट पनि जोडिन मिल्छ । काठमाडौ जस्तो शहरमा कोठा लिएर बस्नु तथा होस्टेल लिएर बस्नु बढी महँगो पर्छ । त्यसैले गर्दा खेरी मलाई के लाग्छ भने त्यस्ता मिहेनती विद्यार्थीले जुम प्रविधि उपयोग गरेको राम्रो हो । यसले गर्दा समय र खर्चको पनि किफायत हुन्छ ।
प्रपोज सिस्टम छ एप छ त्यहाँबाट चाही रेकर्डिङ नोट टेस्ट लाइट चाहिने सबै सामग्री छ । विद्यार्थीको आर्थिक दृष्टिकोणलाई दृष्टिगत गर्दै शुल्क पनि सस्तो छ । त्यसैले आज विद्यार्थीले डिजिटल शिक्षा अध्ययन सकेपछी आफ्नो जीवीकोपार्जनका लागि पनि यसैमा भाविष्य खोज्छन ।
पछिल्लो समय सरकार पनि प्रविधिमैत्री बन्दै गएको छ । प्रधानमन्त्रीले पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गर्नु भएको छ । तपाईंलाइ थाहा नै छ, डिजिटलको कुरा त अहिले यति अगाडि आएको छ । गाउँको मान्छेलाइ पनि रातारात भाइरल गरेर माथि पु¥याउन सक्छ । सो डिजिटल नभैं अब दुनियामा प्रतिस्पर्धा गर्न सकिँदैन । यसको सहि उपयोग गरेर लाखौ हैन करोडौ कमाउन सकिन्छ । कमाई पनि रहेका हुन सक्छ ।
अनि हामीले ५ वर्षमा करिब एक लाख प्लस विद्यार्थी उत्पादन गरिसकेका छौं । सबैभन्दा बढी कक्षा १२ उर्तीर्ण गरेका विद्यार्थी थिए । साथसाथै इन्जिनियरिङ र मेडिकलका प्रवेश परीक्षामा अधिकांशले राम्रो गरेको पाइएको छ । अहिले पनी ६ हजार विद्यार्थी हामीसँग इन्जिनियरिङ र मेडिकलमा बढ्दै गरेका छन् ।
यस संस्थाबाट अध्ययन गरेका विद्यार्थी मूलुकका बिभिन्न संस्थाहरुमा अध्ययन पूरा गरी व्यवसायिक रुपमा सम्मिलित पनि भैसकेका छन् । पासआउट भएका विद्यार्थीले आफ्ना क्षेत्रमा कार्यरत भएको खबरले हामी खुशी छौं । विद्यार्थीको प्रगती नै हाम्रो सफलता हो । त्यसलाई हामी प्रेरणाको स्रोतको रुपमा लिने गर्दछौं ।
हाम्रो संस्थामा तयारी गरेका विद्यार्थीले इन्जिनियरिङ संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान तथा भारतीय दूतावास अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूका लागि उत्कृष्ट नतिजा निकालेका छन् ।









प्रतिक्रिया दिनुहोस्