कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन्। यो संख्या कुल सहभागीमध्ये ६९ दशमलव ७५ प्रतिशत हो।

बोर्डका अनुसार १ लाख ४७१ विद्यार्थीले आवश्यक उपलब्धि हासिल गर्न नसकेका छन्।

उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीमध्ये १७ हजार ७८६ जनाले ३ दशमलव ६१ देखि ४ सम्मको स्तर प्राप्त गरेका छन्। त्यस्तै ६४ हजार ८२१ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६०, ९४ हजार २४९ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० तथा ५० हजार ५९७ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० सम्मको स्तर हासिल गरेका छन्।

यसैगरी ४ हजार ३०८ जनाले २ दशमलव ०१ देखि २ दशमलव ४० तथा ९ जनाले १ दशमलव ६१ देखि २ सम्मको स्तर प्राप्त गरेका छन्।

आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ उत्तीर्ण हुनेको प्रतिशत ४२ दशमलव ३८ रहेको छ।

नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। दुवै समूहको नतिजा जोड्दा समग्र उत्तीर्ण प्रतिशत ६४ दशमलव १३ रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जनाको परीक्षा रद्द गरिएको छ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा नेपाल दूरसञ्चार सेवामार्फत उपलब्ध गराइएका विद्युतीय सेवा, सन्देश सेवा, दूरभाष सेवा तथा युएसएसडी सेवामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाफल हेर्नका लागि विभिन्न माध्यम उपलब्ध गराएको छ। विद्यार्थीहरूले आफ्नो नतिजा वेबसाइट, सन्देश सेवा, ध्वनि सेवा तथा युएसएसडी सेवामार्फत प्राप्त गर्न सक्नेछन्।

वेबसाइटमार्फत

सन्देश सेवामार्फत

परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

SMS सेवा :

१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

USSD सेवा :

१. * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

 

प्रतिक्रिया दिनुहोस्