संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ कार्यक्रम समापन 

काठमाडौं ।  नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ २०७५ जेष्ठ १६ गतेदेखि मित्रराष्ट्र भारतको पिथौरागढमा सञ्चालन भएको प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि भएको कार्यक्रमको जठ २९ गते समापन भएको छ ।

भारतको मिजरममा वि.स.२०६७ सालबाट पहिलो पटकसुरु भएको यो संयुक्त अभ्यास हाल एक÷एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गरेको छ ।  अभ्यास कार्यक्रममा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी श्री तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी श्री निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।

यस्तै नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा जानु गएका मध्य पश्चिम पृतनापति उपरथी श्री राजेन्द्र कार्की र भारतीय सेनाको तर्पmबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गर्नु हँुदै सम्वोधनको क्रममा उनिहरुले यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

साथै अभ्यास सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा अभ्यासमा सहभागी फौजहरुलाई बधाई समेत दिनु थिए । संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेना बीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो ।

दुई देशका सेना बीच सम्पन्न सैनिक अभ्यासले सदियौंदेखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै द्विपक्षीय सकल दर्जाहरु बीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्