आइएमईले १८औं वार्षिकोत्सव देशविदेशमा विभिन्न कार्यक्रम गरी मनायो
काठमाडा । ‘१८औँ वार्षिकोत्सव साझेदारीको’भन्ने मूलनाराका बुधवार देखि आइएमईले विभिन्न कार्यक्रम गरी बार्षिकत्सव मनाएको छ । १७ औँ वर्ष पार गरेर १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आइएमईले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको हो । १८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै सबै कुनै पनि काम र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताएका छन् ।
यस्तै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस्भन्ने शुभकामना व्यक्त गरेका थिए ।
स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देश भित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजालनिर्माण गरेको छ । आइएमइ १८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखि राख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पेषा मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।
रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा,केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहलले लगानी विस्तार गर्दै आइरहेको छ । १८औँँवर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाउदै आएको छ । यो गौरवमय इतिहास निर्माण गर्ने व्यावसायिक साझेदार एवम् सहकर्मी मित्रहरू, सेवाग्राहीहरू तथा शुभचिन्तक सबै प्रति आइएमईले नेतृत्व/व्यवस्थापन प्रति हार्दिक आभार समेत प्रकट गरेको छ ।
यस्तै वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा वार्षिकोत्सवका दिनसम्म दशवर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्धनिर्देशक र प्रमुखकार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेता हरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्रप्रदानगरिएको थियो । भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न ११ विधामा उत्कृष्टता प्राप्तगर्ने कर्मचारीहरू सम्मानित भएका थिए ।
यस्तै आईएमइले वैदेशिक रोजगारीका लागि सजिला गन्तब्य मानिने मध्यपूर्वका राष्ट्रहरू कुवेत, साउदी अरव, कतार र दुबईमा आइएमईको वार्षिकोत्सव मनाईएको थियो । त्यहा स्थित आइएमईको आयोजनामा सेवाग्राहीहरू वीचशुभकामना आदान–प्रदान गरिनुका साथै नेपाली दाजुभाइहरू बस्ने क्याम्पमा पुगेर केक काटी हर्षोल्लासका साथ मनाइएको थियो ।















प्रतिक्रिया दिनुहोस्