१४ किलो सतुवा सहित एक जना पक्राउ

दार्चुला । नेपाल प्रहरीले दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तुबाट यार्सागुम्बा र सतुवासहित एक जना व्यापारीलाई पक्राउ गरेको छ ।

मार्मा गाउँपालिका भएर खलंगा ल्याउँदै गरेको ४ सय ग्राम यार्सागुम्बा र १४ किलोग्राम सतुवा सहित व्यापारी इन्द्र वर्मालाई पक्राउ गरेको हो । वर्मा भारतको धारचुलामा बस्दै आएका छन् । विगत लामो समयदेखि अपि हिमाल र मार्मा गाउँपालिकामा सुन चाँदीको व्यापारमा संग्लन रहेका वर्मा घर फर्किने क्रममा यार्सागुम्बा र सतुवा ल्याएर फर्किएका थिए ।

प्रहरीले वरामद गरेको यार्सागुम्बा, सतुवा र व्यापारीलाई जिल्ला वन कार्यालयको जिम्मामा बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्