राष्ट्र बैंकले ल्यायो पाँच सय दरको नायाँ नोट चलनचल्तीमा
काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय ९५००० दरको नायाँ नोट चलनचल्तीमा ल्याएको छ ।
गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा नयाँ ५००को नोट राष्ट्र बैंकले चलनचल्तीमा ल्याएको हो ।
सबैको जानकार्रीको लागि बैंकले सूचना जारी गर्दै यो पाँच सय ९५००० दरको नायाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
सूचनामा राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरूस् झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान ९करिब १० लाख० नोटहरू छापिन्छन् ।
यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर ९२०२० सिरिज०ं का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।
नयाँ नोटका विशेषता: नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ ।
साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका ९दृष्टिविहीन० हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ ।
नोटमा गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत छ ।
साथै ३।५ मि।मी। चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ ।
नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ ।
नोटको तल्लो खण्डमा RUPEES FIVE HUNDRED र सिरिज नम्बर 2025 AD लेखिएको छ । यसले नोटको पहिचान गर्दछ ।





प्रतिक्रिया दिनुहोस्