फिफा विश्वकप –२०२६ मा अर्जेन्टिनाको अग्रता

काठमाडौं, ३ असार । फिफा विश्वकप –२०२६ मा अर्जेन्टिनाले  अल्जेरियाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीले गोल गर्दा अर्जेन्टिनाले अग्रता लिएको हो ।

मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । यो मेस्सीको विश्वकपमा गरेको १४औं गोल हो । यसले खेललाई थप प्रतिष्पर्धी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्