सुन तस्करी प्रकरण : बाजेको सेकुवामा शिलबन्दी

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले बाजेको सेकुवाका छ वटा शाखामा छापा मारेको छ ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको छानबिन समितिले बुधबार राजधानीका विभिन्न स्थानमा रहेका बाजेको सेकुवाका शाखामा छापा मारेको हो ।

बाजेको सेकुवाका बत्तिसपुतली अनाम नगरलगायतका छ वटा शाखामा प्रहरीले छापा मारेर सिलबन्दी गरेको छ ।

साढे ३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी हाल फरार रहेका छन् । भण्डारीलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा समितिले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्