नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बाठमाडौं १, असार । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै २७११.७६ विन्दुमा बन्द भएको छ। बजार १२.२६ अंकले घटेको हो।

अघिल्लो दिन ४ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन कारोबार केही बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। कुल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच भएका छन्।

सोमबार ७३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढ्दै ६११ रुपैयाँ ४० पैसामा पुगेको छ। यस्तै एपोलो हाइड्रोपावरको सेयर पनि १४.९९ प्रतिशतले बढेर ५२३ रुपैयाँ ९० पैसा कायम भएको छ।

तर ग्रीन डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले घट्दै १,११३ रुपैयाँमा झरेको छ भने रावा इनर्जीको सेयर ७.०६ प्रतिशतले घटेर ५०० रुपैयाँमा सीमित भएको छ।

यस दिन आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ, जसको ३८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर ३९७ रुपैयाँमा किनबेच भएको छ। दोस्रो स्थानमा एनबीबीएल डिबेन्चर रहेको छ, जसको २७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार १,१५८ रुपैयाँ ७० पैसामा भएको छ।

१३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह मात्र बढेको छ भने बाँकी १२ समूह घटेका छन्। अन्य समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्