सरकारको पुँजीगत खर्च न्यून, विकास निर्माणमा सुस्तता जारी
बाठमाडौं १, असार । चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ। सरकारले विकास निर्माण तथा पुँजी निर्माणका लागि छुट्याएको बजेटको ठूलो हिस्सा अझै खर्च हुन सकेको छैन।
सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो। तर जेठ मसान्तसम्मको अवधिमा जम्मा १ खर्ब ३२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको करिब ३० प्रतिशत हो।
गत वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब रुपैयाँको बजेटमध्ये १ खर्ब ४३ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको थियो। यस वर्ष तुलनात्मक रूपमा खर्च गति झन् सुस्त देखिएको छ।
नयाँ सरकार गठनपछि विकास निर्माणलाई प्राथमिकतामा राखिएको दाबी गरिए पनि खर्चको गति बढ्न नसकेको देखिन्छ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले विकास निर्माणलाई तीव्रता दिन निरन्तर फिल्ड अनुगमन गरिरहेका छन्। तर निर्माण व्यवसायीहरूले भने सरकारकै कारण काम अघि बढाउन समस्या भइरहेको गुनासो गर्दै आएका छन्।





प्रतिक्रिया दिनुहोस्